Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

    तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 456
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको हो ।

    पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।



    दुर्घटनामा परी अरू ६ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनापछि घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।



    प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका–५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् ।

    दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रूपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार