Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अछामको चौरपाटीमा जिप दुर्घटना, १५ जना घाइते

    अछामको चौरपाटीमा जिप दुर्घटना, १५ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 9.1K
    SHARES

    अछाम । अछाममा जिप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो ।

    प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन् । ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।



    लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बतायएको छ ।



    जिपमा विद्यार्थी र सर्वसाधारण रहेका थिए । थप विवरण भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार