Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अछाम जिप दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो [नामावलीसहित]

    अछाम जिप दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो [नामावलीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित आमरुख नजिक भएको जिप दुर्घटनामा एक नाबालकको मृत्यु भएको छ भने १४ जना घाइते छन् ।

    बुधबार बिहान लुंग्राबाट साँफेबगर जाँदै गरेको से १ झ ४२९ नम्बरको जिप आमरुख नजिक दुर्घटना भएको थियो ।



    सो दुर्घटनामा घाइते भएका डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्का मृत्यु भएको छ ।



    उनको बयलपाटा अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

    चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।

    घाइतेहरुको नामावली :

    १. जिल्ला डोटी पुर्विचौकी गा.पा. ४ बस्ने बर्ष अं. २३ की अनिसा खड्का (टाउको र खुट्टामा चोट अबस्था गम्भिर रहेको)

    २. जिल्ला अछाम चौरपाटी गा.पा. ५ बस्ने बर्ष अं. ५ को दिपेन्द्र रावल (बायाँ खुट्टामा चोट अवस्था सामान्य)

    ३. ऐ.ऐ. बस्ने बर्ष अं. ८ को स्माईल रावल (पेट र टाउकोमा चोट अवस्था गम्भिर)

    ४. ऐ. ऐ. बस्ने वर्ष अं. ११ को आयुस खड्का (टाउको र ढाडमा चोट अवस्था गम्भिर)

    ५. ऐ.ऐ. बस्ने वर्ष अं. ७३ को दान बहादुर खड्का (टाउको, ढाड र हातको चोट अवस्था मध्यम)

    ६. ऐ.ऐ. वस्ने वर्ष अं. ७२ कि गंगा खड्का (टाउको र छातिमा चोट अवस्था मध्यम)

    ७. ऐ.ऐ. बस्ने वर्ष अं. ७५ कि गौरि देवि खड्का (टाउको र अनुहारमा चोट अवस्था सामान्य)

    ८. ऐ. ऐ. वस्ने वर्ष अं. ६ बसन्त मिजार (टाउको र निधारमा चोट अवस्था मध्यम)

    ९. ऐ. ऐ. वस्ने वर्ष अं. ७६ को सिद्द खड़का (टाउको र हातमा चोट अवस्था मध्यम)

    १०. ऐ. ऐ. बस्ने वर्ष अं. ६५ की धनसुवा खड्का (दाहिने गालामा चोट अवस्था सामान्य)

    ११. ऐ. ऐ. वस्ने वर्ष अं. २ को आज्ञान खड्का (मुख र कानमा चोट अवस्था सामान्य)

    १२. ऐ. ऐ. बस्ने वर्ष अं. ८ को रमित मिजार (दाहिने खुट्टामा चोट अवस्था सामान्य)

    १३. ऐ. ऐ. बस्ने वर्ष ८ कि प्रमिसा रावल (खुट्टामा चोट अवस्था सामान्य)

    १४. तेज बहादुर रावल (चालक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार