Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सामाजिक सञ्जालमार्फत हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं। प्रहरी साइबर ब्यूरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् चिठ्ठा परेको भन्दै चिठ्ठा बापतको रकम पाउनका लागि कर चुक्ता गर्न यति रकम चाहिने भन्दै बैङ्क तथा अनलाईनमार्फत् पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढेपछि यस्ता भ्रामक कुरामा विश्वास नगर्न अनुरोध गरेको हो ।

सामाजिक सञ्जाल भाईबर, वाट्स्‌एप, इमोलगायतका विभिन्न सामाजिक एपहरूमार्फत् भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरेर प्रलोभनमा पार्दै ठगी हुने गरेको पाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077