Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिकुण्डमा हिँडेको केपी ओलीको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहयात्री माधव नेपाललाई कडा व्यंग प्रहार गरेका छन्।

बिहीबार एमालेले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, 'माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिकुण्डमा हिडेका छन्।'

कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको भ्रममा परेर झुक्किएका कार्यकर्ताहरुलाई एमालेमा फर्किन आग्रह समेत गरे। उनले भने, भ्रममा परेकाहरु फर्किनुस्, भ्रममा नपर्नुहोस्।'

यस्तै, सम्बोधनको सुरुमा अध्यक्ष ओलीले पार्टी जोगाउन कार्यकर्ताहरुले उल्लेख्य भूमिका खेलेको बताए।

ओलीले भने, 'हामीलाई त पार्टीको साधारण सदस्यबाट पनि निकालिएको थियो, पार्टी हामीले हैन कार्यकर्ताले जोगाए'। एमाले फुटाउन ठूलो षड्यन्त्र रचिएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले पार्टीबाट बिग्रिन बिग्रिन लागेका व्यक्तिहरु मात्रै बाहिरिएको  बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077