Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानसेनापति शर्माद्वारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। नेपाली सेनाका उपरथी बालकृष्ण कार्की रथीमा बढुवा भएका छन् । भदौ २९ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार रथीमा बढुवा भएका उपरथी कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति शर्माले कार्कीलाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनलाई आजै निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

भदौ २४ गते शर्मा बलाधिकृत रथीबाट महारथी (प्रधानसेनापति) मा बढुवा भएपछि एक रथीको पद खाली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077