Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दाङमा १४ वर्षीया बालिकाको सामूहिक बलात्कार, क–कसले गरे यस्तो कुकर्म ?

दाङ – दाङमा १४ वर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कार भएको हो।

यो घटना गएको भदौ २७ गतेको हो। तर हाल मात्र यो सार्वजनिक भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ। उनलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन्।

प्रहरीका अनुसार बालिकाको अत्याधिक रक्तश्राव भएपछि परिवारले बलात्कारबारे जानकारी पाएका थिए। त्यसपछि प्रहरीमा उजुरी परेको थियो। लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

ती दुई युवकले बालिकालाई पानी पुरी खाने भन्दै मोटरसाइकलमा हालेर होटल लगेको र त्यहीँ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। फरार रहेका अर्का एक व्यक्तिको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077