Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेश गएकाहरु घर फर्किएझैँ माधव नेपाल पनि एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

कास्की  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले आफूले माधवकुमार नेपाललाई धोका नदिएको बताएका छन्।

तत्कालीन नेकपा विवादमा हुँदा नेपाल खेमामा रहेर अन्तिम समयमा पार्टी अध्यक्ष ओली खेमामा रहेका भट्टराईले आफूहरु विश्लेषण गरेर नै ओली खेमामा फर्केको बताए ।शुक्रबार प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

‘नेता कार्यकर्ताहरु नेपालगञ्जको टाँगाको घोडाजस्ता होइनन्, दायाँबायाँ नहेरी नेताको पछि लाग्ने,’ भट्टराईले भने, ‘आफूले पनि अध्ययन गरेर, विश्लेषण गरी विवेक गर्न सक्छन् ।’

सचिव भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने दाबी समेत गरे। 'विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किनुहुन्छ, भट्टराईले भने।

‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न,’ भट्टराईले भने, ‘उहाँहरु एमाले सिक भएर फर्किनुहुन्छ ।’

यस्तै, भट्टराईले माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको, नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको तर नेपालले नै नमानेर हिँडेको आराेप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077