Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी-२० टोलीको कप्तानी छाड्ने विराट कोहलीको घोषणा

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले टी- २० क्रिकेट टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन् । तर, उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन्। सामाजिक सञ्जालमा लेख्दै कोहलीले आफूले एकदिवसिय, र टेस्ट खेलमा ध्यान केन्द्रित गर्न चाहेको जनाएका छन्। आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र प्राप्त भएको हैन अधिकतम योग्यतासहित आफूले टोलीको नेतृत्व गरेको भन्दै कोहलीले भारतीय टोलीको कप्तानीको यात्रामा आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएका छन्। ३२ बर्षीय कोहलीले भारतका लागि ९० वटा टी२० खेलेर ३,१५९ रन बनाएका छन् । उनी अझै टी २० मा खेलाडीका रूपमा सहभागी हुनेछन्। टेस्ट टोलीको नेतृत्व गर्न थालेको तीन वर्षपछि कोहलीले सन् २०१७ मा सीमित ओभरको खेलको कप्तानी गर्न पाएका थिए। ईएसपीएनका अनुसार कप्तानका कोहलीले कुल ४५ खेल खेल्दा २७ मा जित दिलाएका छन्। त्यस्तै १४ मा हार व्यहोरेका छन्। २ खेल बराबरीमा टुंगिएको थियो भने २ खेल नतिजा बिहीन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077