Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झलनाथलाई भेट्न डल्लु पुगे सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

शुक्रबार नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता समेत रहेका खनाललाई भेट्न सभामुख सापकोटा डल्लुस्थित उनकै निवासमा पुगेको सभामुखको सचिवालयले जनाएको छ।

गत भदौं २४ गते मिर्गौला प्रत्यारोपण गरेर भारतबाट नेपाल आएका खनाललाई सभामुख सापकोटाले त्यसपछि पहिलो पटक भेट गरेका हुन्।

यसबीचमा खनाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ खनाल निवास पुगेका थिए ।

स्रोत अनुसार खनाल र सापकोटाबीच भेटवार्ता जारी रहेको छ। भेटमा पछिल्लो राजनीतिक समसामयिक बिषय र खनालको स्वास्थ्यअवस्थाबारे कुराकानी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077