Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँए, एक जनाको मृत्यु

रामनारायण यादव / जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज पूर्व-पश्चिम राजमार्गअन्तर्गत ढल्केवरस्थित पूर्वचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकल एकाआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स ४ प ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाका ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ का ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् । उनको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077