Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अघिल्लो दिन गृह मन्त्रालय तानेर भोलीपल्टै किन बनाइयो सीडीओ ?

काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको भोलिपल्टै १६ जना प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा भएका ऋषिराज तिवारी र दीपककुमार पहाडीलाई सीडीओ बनाएर पठाइएको छ ।

जसमध्ये तिवारीलाई रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडीलाई रामेछापको सीडीओमा पठाइएको छ ।

त्यस्तै मंगलबार नै गृहमा सरुवा भई आएका प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सीडीओमा पठाइएको छ। कर्णाली प्रदेशका सहसचिव पुन्यप्रसाद पौडेललाई गुल्मीमा पठाइएको छ।

यसैगरी,प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सहसचिव रहेका वीरेन्द्रकुमार यादव उदयपुर र लुम्बिनी प्रदेश लोकसेवा आयोगमा रहेका सहसचिव शंकरहरि आचार्यलाई गोरखाको सीडीओ बनाएर खटाइएको छ ।

यता लोकसेवा आयोगबाट गृहमा सरुवा भएका कृष्णप्रसाद लम्साल धादिङको सीडीओमा पुग्दा मोरङका कोशहरी निरौला, संखुवासभाका टेकनारायण पौडेल, दोलखाका बासुदेव घिमिरे, ललितपुरका ढुण्डीराज निरौलालाई गृहमन्त्रालयमा तानिएको छ ।

[insert page='86191' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077