Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भाइरल भिडियो : जब सानी नानीले आफ्नो बाबुलाई ‘नुनु’ गराइन्

एजेन्सी । सामाजिक सञ्जाल विश्वका हरेक व्यक्तिलाई एकअर्कासँग जोडेको छ। चिनजान भएको नभएको सबै मानिसहरु यहीँ भेटिन्छन्। यो यस्तो प्ल्याटफर्म हो जहाँ हरेक दिन कुनै न कुनै कुरा भाइरल भइरहेकै हुन्छन्। यहाँ हालै भाइरल एक भिडियोको चर्चा गरौं। हामीले साना नानीबाबुलाई सुताउनका लागि उनीहरूको शिर वा पिठ्युँमा थम् थमाएर गीत गाएको देखेका छौं। यसलाई नेपाली बच्चा भाषामा ‘नुनु’ भन्ने गरिन्छ। यसो गर्दा उनीहरूमा निन्द्रा जागृत हुन्छ र चाडोँ निदाउँछन्। तर अहिले भाइरल भिडियो प्रसंग ठ्याक्कै उल्टो छ। भिडियोमा एक बालिकाले उनको बुवालाई निन्द्रा पार्न अत्यन्त मायालु भावले शिरमा हात राखेर निदाउन सहयोग गरेकी छिन्। उनले बुवा निदाएको देखेपछि नउठुन् भनेर निन्द्रा पार्न खोजेकी जस्तो देखिन्छ। आफ्नो बाबु सुताउने क्रममा ति सानी बालिका पनि स्वयम् आँखा चिम्लेर सुतेको अभिनय गर्छिन्। जो अत्यन्त प्यारो देखिन्छ। ती बालिकाको यो कामलाई धेरैले प्रशंसा गरेका छन्। भिडियोलाई धेरैले मन पराएका छन् भने यसलाई शेयर पनि गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077