Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बर्दियामा विद्युतीय धरापमा परी एकै परिवारका तीनजनाको मृत्यु

बर्दिया । बर्दियामा विद्युतीय धरापमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार राति माछा मार्न गएका तीनजना घर फर्कने क्रममा विद्युतीय धरापमा परेका हुन्।

ठाकुरबाबा नगरपालिका—३ गोदानास्थित राजबहादुर शाहीको खेतमा राखिएको विद्युतीय धरापमा परी सोही ठाउँका बालकृष्ण थारु, श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमतियाको मृत्यु भएको हो।

माछा मार्न गएका तीनजना घर फर्कने क्रममा पहिले बालकृष्णकी श्रीमती धरापमा परेकी थिइन्। श्रीमती सुनिताको खोजी गर्दा श्रीमान् बालकृष्ण पनि धरापमा परेका थिए। त्यसलगत्तै भाउजू वेलमतियाको पनि धरापमा परी मृत्यु भएको बताइएको छ।

घटनालगत्तै निकुञ्ज सुरक्षाका लागि खटिएका टोली घटनास्थल पुगेका थिए। उनीहरु तीनै जनाको विद्युतीय धरापमा परी मृत्यु भएको पुष्टि प्रहरी उपरीक्षक ईश्वर कार्कीले गरेका छन्। अनुसन्धानका लागि शाहीलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077