Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सँगै बसेर खाना खाए, विवाद भएपछि फलामको गलले हिर्काएर छिमेकीकै हत्या गरे

चितवन । पूर्वी चितवनको राप्तीमा प्रहरीले हत्या आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दशरथ ठकुरी रहेका छन्।

ठकुरीले राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। लामा र ठकुरी छिमेकी हुन्। दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेका थिए। सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको बताइएको छ। घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो।

स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको थियो। झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077