Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

करिश्माले भनिन्, ‘म आफैँ अचम्मित छु’

काठमाडौं – सदाबहार नायिका करिश्मा मानन्धर विवादमा तानीएकी छिन्। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेर परीक्षाबारे सोधेको बताएकी उनी आफैंले राखेको स्क्रिनसटका कारण ट्रोलको शिकार बनेकी हुन्।

उनले राखेको स्क्रिनसटमा ९ः५३ मिनेटमा कल उनकै मोबाइलबाट २ पटक गरिएको देखिएको छ। हाल उनले त्यो स्क्तिनसट हटाएकी छिन् भने स्टाटस त्यहीँ छ।

‘आउटगोइङ कल गइरहेको छ, कसरी ओलीले फोन गरे’ भन्ने आमप्रश्नमा अभिनेत्री करिश्मा मानन्धरले आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फोन गरेको बताएकी छन्।

शुक्रबार उनले एक मिडियासँग अध्यक्ष ओलीले गरेको फोनको स्क्रिन सट आउटगोइङ कल देखिएकाले सामाजिक सञ्जालबाट हटाएको तर, फोन भने ओलीले नै गरेको बताएकी छिन्।

‘मैले फेसबुकमा हालेको पोष्ट गलत छैन। केपी शर्मा ओलीज्यूले मलाई फोन गर्नुभएकै हो। तर, त्यहाँ आउटगोइङ कल कसरी देखियो मलाई थाहा छैन। म आफैँ अचम्मित छु।’

आफू राति सुत्न जान लाग्दा अध्यक्ष ओलीको फोनको घण्टीले आएको उनले बताएकी छन्। त्यसपछि फोन उठाएको तर स्क्रिनसट गरेर सार्वजनिक गरेपछि आउटगोइङ कल देखिएकाले सामाजिक सञ्जालबाट हटाएको उनले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077