Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शल्यक्रियापछि कस्तो छ लिजेण्ड फुटबलर पेलेको स्वास्थ्य अवस्था ?

एजेन्सी । ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन शल्यक्रियापछि ब्राजिलका पूर्व फुटबल खेलाडी उड्सन आरान्तेस दो नासिमेन्तो (पेले) को स्वास्थ्यमा सुधार आएको उनकी छोरी केलीले शनिबार जानकारी दिएकी छिन्।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले शताब्दी–खेलाडीको उपाधिद्वारा सम्मानित ८० वर्षीय पेलेलार्ई फेरि सघन उपचार कक्षमा भर्ना गरिएको रिपोर्टहरूपछि आएका अफबाहलाई सम्बोधन गर्न छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।

नासिमेन्तोले लेखेका छन्, “मलाई थाहा छैन कि यहाँ के हल्ला चलिरहेको छ तर मेरा सपनाहरू फस्टाइरहेका छन्। आजभोलि संसारमा धेरै चिन्ता छाएको छ र हामी अझ बढी चिन्ताको कारण बन्न चाहँदैनौं। यो फोटो अहिले नै खिचिएको हो। उहाँ निको हुँदैहुनुहुन्छ। उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ।”

नियमित परीक्षणको दौडान ट्युमर फेला परेपछि पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरिएको थियो।

उनलाई मंगलबारको सघन उपचार कक्षबाट सामान्य शै्ययामा सारिएको छ। तीन पटकको विश्वकप विजेता पेलेले कम्मरको शल्यक्रियाका साथै मिर्गौला र प्रोस्टेटको अवस्थासम्बन्धी एकपछि अर्को स्वास्थ्य समस्याहरूसँग सङ्घर्ष गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077