Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीमा प्रचण्डको अडान कायमै

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा आफ्नो अडान दोहोराएका छन्। उनले प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका हुन्।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गरे।

‘तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद श्रृजना भएको थियो,’ उनले अगाडी भने ‘ अमेरिकी संसदमा यो एमसीसी इण्डो प्यासिफिक स्ट्रेटजीको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन चर्कियो।’

यी गलत विषयहरुलाई संशोधन र परिमार्जन नभएसम्म एमसीसी पारित नहुने उनले दोहर्याए। पैसा र विकास देशलाई चाहिएकाले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन आफूहरु तयार रहेको उनले स्पष्ट पारे।

उनले असोज ४ सम्ममा सरकारले पूर्णता पाउने पनि बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाई भईरहेको स्वीकार गर्दै अब भने मन्त्रिमण्डल विस्तारमा ढिलाइ नहुने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077