Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सरकारलाई ओलीको प्रश्न - क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो भनी प्रश्न गरेका छन्।

च्यासल स्थिति तुलसीलाल अमात्यको स्मृति भवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सरकारले विकासको मुल आधार यातायात कटौति गरी क्यासिनोलाई कर छुट दिनु हास्याँस्पद भएको बताए।

‘विकासको पहिलो पूर्वाधार सडक संजाल हो। सडकसञ्जाल कटौति गरेर क्यासिनोलाई कर छुटदिने रे । यो क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो, ओलीले प्रश्न गरे, 'अर्को कुरा लगानी गरेको पैसाको स्रोत खोल्नु पर्दैन रे। कस्को लगानीहो त्यो स्रोत खोल्नु नपर्ने।’

पूर्वप्रधानमन्त्री ओलीले संविधान जारी गर्दाको क्षण सम्झदै आफूहरुले शक्तिको दबाब झेलेर र त्यसलाई पछारेर संविधान जारी गरेको उनले बताए।

उनले भने, ‘हामीले ती बाधाव्यवधान पन्छायौं । त्यसैले यो दिवस मनाइरहेका छौं। संविधान जारी गर्दै गर्दा अशोभनीय क्रियाकलाप भए। जनतामा उत्साह व्यापक थियो। देशमा खुशीयाली छाएको थियो, दिपावली गरिएको थियो। दुःखित हुने सानो तप्का पनि थियो। त्यसलाई बल पुर्‍याउने शक्ति पनि थियो। हामीले कठोर नाकाबन्दी खप्नुपरेको थियो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077