Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपाल भने- प्रदेश १ र बागमतीमा ओलीका प्युसोहरुको सरकार छ, यो हप्ताभित्र हटाउँछौं

कास्की ।  नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीका नेता संविधानभन्दा माथि नहुने प्रष्ट पारेका छन्।

आइबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ पार्टी गठन गरेर बाध्यात्मक रुपमा हिँड्नुपरेको बताउँदै यस्तो बताएका हुन्।

'हामी नयाँ परिवेशमा अघि बढ्न बाध्य भएका थियौं,' अध्यक्ष नेपालले भने, 'प्रतिनिधिसभा विघटन भयो । किन विघटन भयो होला? प्रधानमन्त्रीको पद खोसिन्छ कि आफूलाई हटाउँछन् भनेर भयो,' उनले भने।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सजाय दिने बताए ।

'लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति पार्टीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्दै नेपालले भने, 'मेरो आदेश नमान्ने सबैको कत्लेआम गर्दिन्छु भन्ने ! प्रतिनिधि सभाको हत्या गर्ने ?' आक्रोशित नेपालले प्रश्न गरे, 'अन्य देशमा यस्तो घटना भए प्रधानमन्त्रीलाई सजाय दिने गरिन्छ। अब ओलीलाई नेपाली जनताले सजाय दिन्छन्।'

यस्तै, कार्यक्रममा नेता नेपालले आफूहरु एक हप्ताभित्र केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए । ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

यसैगरी नेपालले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेकोबारे भने,  ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077