Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

‘रोनाल्डोले घोडाको गु खाएको देखेँ भने म पनि खान्छु’

एजेन्सी । क्रिस्टियानो रोनाल्डो बढ्दो उमेरका बाबजुद फिट र उर्जावान् देखिन्छन्। मैदानमा प्रभावशाली प्रदर्शन गर्ने रोनाल्डो डाइटमा विशेष ध्यान दिने गर्छन्।

उनी लामो समयपछि पुनः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमै फर्किएका छन्। क्लबमा उनको पुनरागमन उत्कृष्ट रह्यो। रोनाल्डो आएसँगै क्लबका खेलाडीहरुले उनको डाइट फलो गरिरहेको बताइएको छ।

यसैबीच खेलाडी ट्रोय डीनीले यदि रोनाल्डोले घोडाको गु खाएको देखेमा आफूले पनि खाने बताएका छन्। उनको यो भनाई फुटबल जगतमा मज्जाले भाइरल भएको छ। रोनाल्डोको फिटनेसबाट प्रभावित उनले रोनाल्डोले जे गर्छन् आफूहरुले पनि त्यही गर्ने आशय व्यक्त गरेका हुन्।

‘रोनाल्डोले कुनै खेल अगाडि घोडाको गु खाएको देखेमा म पनि खान्छु,’ उनले भनेका छन्।

स्रोत : द सन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077