Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पनडुब्बी विवादबारे छिट्टै बाइडेन र म्याक्रोनबीच वार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताएका छन्।

यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो। अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बाैं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन्।

प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भने, “आगामी दिनमा फोनवार्ता हुनेछ।” यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उनले बताए।
म्याक्रोनले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्ने बताइएको छ। त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ। यसका कारण यसपहिले अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ।

“हामी स्पष्टीकरण चाहन्छौं,” अट्टलले भने। अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उनले बर्ता।

यसअघि आइतबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077