Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दाङमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

दाङ । आइतबार बिहान दाङमा एउटी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ।

आइतबार बिहान जिल्लाको दंगीशरण गाउँपालिका–७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077