Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट ह्यामविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामविरुद्ध कठिन जित निकालेको छ। आइतबार भएको खेलमा युनाइटेडले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जेस्से लिङ्गार्डले गोल भने वेस्ट ह्यामका लागि सइड बेन्रह्माले एक गनेल गरेका थिए। खेलमा शुरुवाती अग्रता बनाएको वेस्ट ह्यामले त्यसलाई निरन्तरता दिन सकेन र हार बेहो¥यो।

प्रतिस्पर्भातकम खेलको ३० औं मिनेटमा बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई अगाडि बढाएका थिए। तर ३५ औै मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकियो।

दोस्रो हाफको अन्तिम समयमा खेल बराबरीतर्फ धकेलिएको थियो। तर लिङ्गार्डले ८९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जिताए। जितसँगै युनाइटेड तालिकाको दोस्रो स्थानमा छ। उसले ५ खेलबाट १३ अंक जोडेको छ। समान अंकका साथ लिभरपुल शीर्षस्थानमा रहेको छ। वेस्ट ह्याम ८ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077