Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुबईबाट मस्को हुँदै अमेरिका छिर्न खोजेका ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

काठमाडौं । जर्मनीमा ५ दर्जन नेपाली पक्राउ परेको बताइएको छ। उनीहरुलाई जर्मन प्रहरीले फ्र्यांकफर्ट विमानस्थलबाट नियन्त्रणमा लिएको उल्लेख गरिएको हो।

काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोजेका उनीहरु पक्राउ परेका हुन्। यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो। अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए।

मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए।

जर्मनीको सुरक्षा एजेन्सीले १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको जानकारी दिएको बताइएको छ। पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको छ।

ती १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपाली पनि थपिएका छन्। विमानस्थलको अर्को टर्मिनलबाट पक्राउ पर्नेको संख्या यकिन भइनसकेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077