Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पिएसजीमा निराश भए मेसी, मैदानबाट बाहिर निकालेपछि प्रशिक्षकले के भने ?

एजेन्सी – पेरिस सेन्ट जर्मनका प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोनविरुद्धको खेल सकिनु १५ मिनेट अघि लियोनल मेसीलाई मैदान बाहिर ल्याए। अन्य खेलाडी हुँदाहुँदै मसीलाई नै प्रतिस्धापन गरेपछि त्यसको आलोचना भएको छ।

तर पोचेटिनो आफ्नो निर्णयको बचाउ गर्दै प्रशिक्षकहरु निर्णय गर्नकै लागि त्यहाँ रहेको बताएका छन्। मेसी घरेलु मैदानमा डेब्यू खेल खेल्दै थिए तर उनी गोल गर्न सफल भएनन्। खेलको ७५ मिनेटपछि मैदान बाहिर आउनुपर्दा उनी निराश देखिएका थिए। बेन्चतिर जाँदै गर्दा उनी कोचलाई के भनिरहेका थिए जस्तो देखिन्थ्यो।

त्यसबेला खेल एक–एक गोलको बराबरीको स्थितिमा थियो। तर माउरो इकार्डीले अन्तिम समयमा गोल गर्दै पिएजसीको जित पक्का गरेका थिए।

नाटकीय जितका बाबजुत प्रशिक्षक पोचेटिनोले टोलीलाई जितका लागि गोल आवश्यक रहेका बेला मेसीलाई मैदान बाहिर पठाउनुले धेरै चर्चा पायो। ३४ वर्षीय मेसीले नयाँ टोलीका लागि गोल गर्नै बाँकी छ।

मेसीलाई किन प्रतिस्थपान गरेको भन्ने प्रश्नमा पोचेटिनोले भने, ‘सबैलाई थाहा छ टिममा धेरै राम्रो खेलाडीहरु छन्। हामी स्क्वाडमा धनी छौं। हामीले ३५ खेलाडीबाट ११ खेलाडी छान्नुपर्छ र हामीले खेल दौरान निर्णयहरु गर्नुपर्छ।’

‘कहिलेकाहीँ यसले ठिकै गर्छ त कहिले गर्दैन। त्यसैले त हामी त्यहाँ के गर्ने भनेर सोचिरहेका हुन्छौं त्यो पनि उठेर। र ती निर्णयहरु जुन गरिनुपर्छ त्यसले राम्रो गर्छ वा गर्दैन त्यो फरक कुरा हो।,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077