Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : एमालेको अवरोध कायमै, पेलेरै अघि बढ्ने सरकारको तयारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध सुरु गरेका छन् । तर, एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।

आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।

सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै सो परियोजना अघि नबढाउन माग गरेका छन् ।

एमालेले पार्टीले कारबाही गरेका सांसदहरुलाई बैठकबाट  ननिकालेसम्म बैठक सहजरुपमा चल्न नदिने एमालेको माग छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077