Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनमा साइकल चार्ज गर्दा भीषण आगलागी, पाँच जनाको मृत्यु

एजेन्सी। चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफुहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।

विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077