Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीले गलेको स्वरमा भने, ‘पेल्नु पेले ! पेल्नु पेले !’

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको हो। सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताएका थिए।

यसरी प्रतिपक्षको अवरोधकाबीच विनियोजन विधेयक पारित भएपछि प्रमुख प्रतिपक्ष एमालेले यबसबारे आफ्नो खरो प्रतिक्रिया जनाइसकेको छ। यसैबीच सोमबार प्रतिनिधिसभाको बैठक सकिएर बाहिरिने क्रममा बजेट पारित भएको सञ्चारकर्मीले एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणा लिन चाहे।

उनलाई तर्पाहरूलाई पेलेरै बजेट पास भयो नि ? पत्रकारले प्रश्न गरेका थिए। थकित देखाएका अध्यक्ष ओलीले सञ्चारकर्मीको प्रश्नमा मसिनो स्वरमा जवाफ फर्काउँदै भने, ‘पेल्नु पेले ! पेल्नु पेले, अब हेर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077