Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हङकङविरुद्ध खेल्दै नेपाल, जित्नैपर्ने दबाब

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङको सामना गर्दैछ। ज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ। पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ।

प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन्। पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन्।

समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ। समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077