Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आमाको जन्मदिनकै दिन १५ वर्षीय बालकले गरे आमा, बाबु र बहिनीको हत्या

एजेन्सी – अमेरिकाको टेक्सासमा एक १५ वर्षीय बालकले भयानक घटना घटाएका छन्। उनले आफ्ना आमा, बुबा, बहिनी र घरपालुवा कुकुरको हत्या गरेका छन्।

उनीहरु सबैलाई गोली हानी हत्या गरेका ती बालकले आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन्। एकै घरमा ४ वटा लाश देखेर सबैको होश नै उडेको थियो।

डेलीमेलका अनुसार अनुसार ती बालकले ३ जना र कुकुरको हत्यापछि सामाजिक सञ्जालमा फोटो शेयर गरेका थिए। त्यसपछि आफ्नो ज्यान लिएका थिए। रिपोर्टकाअनुसार उनले आमा जाना कोलबर्नको जन्मदिनकै दिन गोली हानेका हुन्। त्यसपछि बुबा विलियम कालबर्न र १३ वर्षीया बहिनी एम्मालाई पनि गोली हानेका थिए।

सामाजिक सञ्जालमा शवको विभत्स तस्वीरहरु सार्वजनिक भएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले घर पुगेर बालकलाई घर बाहिर आउन भन्यो। तर उनी आएनन्। त्यसको केही समयमा गोलीको आवाज सुनियो। त्यहाँ केहीबेर शान्त भयो। प्रहरी घरभित्र पस्दा बालकले आफूलाई पनि सिध्याइसकेका थिए। घटनाको कारण हालसम्म रहस्ययमय बनेको छ।

स्रोत : डेलीमेल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077