Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

घोप्टेभिर पहिरो : ११ घण्टापछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन। पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ ।

मङ्गलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका–४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077