Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोलिसम्म मन्त्रिपरिषद विस्तार हुने प्रचण्डको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार)सम्म मन्त्रिपरिषद् बैठक विस्तार हुने दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका हुन्।

‘अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भयाे,' बैठकपछि प्रचण्डको भनाइ उधृत गर्दै प्रवक्ता कृष्णबहादुर महराले भने, 'अब यसलाई टुङ्ग्याएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ, दल विभाजन सम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’

राजनीतिक दल सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने  प्रवक्ता महराले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077