Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले ढाल्नुपर्दैन यो सरकार आफैं गर्ल्यामगुर्लुम्म ढल्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकार समय नपुग्दै ढल्ने बताएका छन्। अध्यक्ष ओलीले पाँच दलको गठबन्धनबाट बनेको सरकार पाँचतिर फर्किएका भन्दै सरकारको आयू लामो नभएको बताएका हुन्।

‘पाँचमुखे भगवानको जस्तै पाँच राजनीतिक दलबाट निर्माण भएको गठबन्धन पनि पाँचतिर फर्किएको छ। यो गठबन्धनलाई एमालेले ढाल्नु पर्दैन समय नपुग्दै गर्ल्यामगुर्लुम्म ढल्नेछ,’ उनले भने।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष पनि गर्न भ्याए। नेपाल फर्किन नसक्ने साँघुरो बाटोमा हिँडेको र उनको समाप्ति हुने दिने आएको दाबी गरे।

‘रसुवाको एउटा जंगलमा साँघुरो बाटो छ। गाई चर्दै–चर्दै त्यो बाटोमा जान्छ अनी फर्किन नसकेर त्यहिँ लडेर मर्छ,’ ओलीले भने, ‘माधव नेपालले पनि फर्किन नसक्ने यस्तै साँघुरोबाट हिँडिरहेका छन्। उनको पनि गाईको जस्तो हालत हुनेछ।’

समावजादीमा लागेर नेताहरु लक्षित गर्दै ओलीले पार्टीको नदीको फोहोर किनारा लागेझैं एमालेमा पनि त्यही भएको बताए। उनले नेपाल र पुष्पकमल दाहालको दम्भ आगामी चुनावसम्म मात्र भएको बताउँदै त्यसपछि उनीहरुले आफ्नो औकातमा आउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077