Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आफ्नो मृत्युको हल्ला फैलिएपछि गायक प्रशान्त तामाङले के भने ?

काठमाडौं । मंगलबार अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला सामाजिक सञ्जालमा फैलियो। विशेषगरी दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा यो अफवाह तीव्र गतिमा फैलियो।

प्रशान्तको मृत्युको हल्लाले उनका प्रशंसकलाई दुःखी तुल्यायो। हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले यसबारे टिप्पणी गर्दै अवस्थाबारे जानकारी गराएका छन्। उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन्।

‘सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु। मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ। मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद,’ उनले लेखेकी छिन्।

त्यस्तै, आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि यसबारे प्रतिक्रिया दिएका छन्। ‘मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077