Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रान्सफर्मर चोर्दै गरेका एकजना चन्द्रागिरीबाट पक्राउ

काठमाडौं – प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छि गाउँपालिका वडा नं. ८ घर भएका ४३ वर्षीय नारायण थापा रहेका छन्।

थापालाई प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तिमा रहेको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका वडा नं. ११ स्थित सामसुङ टि.भि. कारखानाको कम्पाउण्डबाट रंगेहात पक्राउ गरेको हो। उनी त्यही कम्पाउण्डमा रहेको ट्रान्सफर्मर चारी गर्दै थिए।

ट्रान्सफर्मर चोरीका लागि उनीसहित ४ जना त्यहाँ पुगेको तर ३ जना उनलाई छाडी भागेको बताइएको छ। उनको साथबाट चोरी गर्ने औजारहरू तथा ट्रास्फर्मर पनि फेला पारिएको र मुलुकी फौजदारी अपराध सहींता २०७४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

आरोपी थापाको साथबाट फलाम काट्ने कटर एक थान, पेन्चिस एक थान, एक तर्फ धार तथा अर्को तर्फ तिखो चुच्चो भएको फलामको ड्ण्डी एक थान, विभिन्न साईजको रेन्ची एघार थान बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077