Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घरेलु लिगमा युभेन्टसको पहिलो जित

एजेन्सी । इटालियन क्लब युभेन्टसले घरेलु लिग सिरी ए मा पहिलो जित निकालेको छ। युभेन्टसले स्पेजियालाई ३–२ गोलले हराएको हो।

युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे। स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे।

यो जितपछि मासिमिलिनो एलेग्रेको टिम अंक तालिकाको १२ औं स्थानमा उक्लेको छ। यसअघि चार खेलबाट दुई अंक बटुलेर युभेन्टस रेलिगेसन क्षेत्रमा थियो।

बुधबारको अर्को खेलमा एसी मिलानले भेनेजियालाई २–० ले हराएको छ। यससँगै मिलान दोस्रो स्थानमा उक्लिएको छ। मिलानको १३ अंक भएको छ। समान १३ अंकमा इन्टर मिलान शीर्षस्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077