Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, एजेण्डा के ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार भोलि (शुक्रबार) बिहान ११ बजेबाट केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।  बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने पनि उनले बताए।

बैठकमा आसन्न विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गरिने सचिव तामाङले जानकारी दिए।

एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077