Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी रञ्जीतकारको नाममा पैसा उठाउने महिला पक्राउ, विद्यालयमै राखेर अनुसन्धान

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रञ्जीतकारको नाम जोडेर पैसा उठाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै डिआईजीको नाममा पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई पक्राउ गरिएको हो ।

विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै दाहालले डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्।

दाहाललाई रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई सर्लाही प्रहरीको सहयोगमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि सुशीलाले रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

यद्यपी डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको प्रतिक्रिया दिएका छन् ।

पीडित शिक्षक उदेश पाण्डेले भने डिआइजीको नाममा पैसा मागेको स्कुलका प्रिन्सिपलले पनि छुट्टै पैसा मागेकाले केही रकम बुझाइको समेत बताएका छन्। पहिले कुरा मिलेको भन्दै अलिकति बढी लाग्ने ती महिलाको भनाइ छ। ‘पुलिस स्कुलका प्रिन्सिपल, डिआइजी र अर्का एकजना बाहिरका मानिसलाई दिनुपर्ने भएकोले तपाईंले सोचेभन्दा बढी अर्थात् छ लाख रूपैयाँ दिनुपर्नेछ,’ ती महिलाले शिक्षक पाण्डेसँग भनेकी छिन्।

अडियोमा काम गराउन चाहनेले नगदै दिन खोजे पनि महिलाले वीरगन्जको आदर्शनगरस्थित कामना विकास बैंकमा रकम जम्मा गर्न भनेकी छिन्। पाण्डेले प्रिन्सिपल भट्टराईको नाममा पनि पैसा पठाएको भौचरसमेत सार्वजनिक भएको छ। प्रिन्सिपलले एक लाख छुट्टै मागेको र त्यसका लागि बैनास्वरूप २१ हजार दिएको शिक्षक पाण्डेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077