Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेनाले गर्ने विकासमा स्रोतको अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाले गर्ने विकाश निर्माणमा स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

बिहीबारदेखि जंगी अड्डामा सुरु भएको ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाले गर्दै आएका विकाश निर्माणका कार्यहरुलाई आवश्यक पर्ने श्रोत जुटाउन सरकार सदैव तयार रहेको बताए ।

यस्तै, प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै नेपाली सेनाले त्यसका संभावित सुरक्षा चुनौतीहरुको प्रतिकारात्मक उपायहरुहरु खोज्नु पर्ने बताए ।

दुई दिनसम्म चल्ने समन्वयात्मक बैठकले सेनाको रणनैतिक तहमा विश्वमा देखिएका विभिन्न घटनाक्रमको साझा धारणा तय गर्न सहयोग पुर्‍याउने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077