Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीद्वारा माओवादीलाई ‘माके’ र माधव नेपालको पार्टीलाई ‘माने'को संज्ञा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र सरकारको चर्को आलोचना गरेका छन्।

बिहीबार उपत्यका विशेष एमाले प्रदेश कमिटीले काठमाडौंमा गरेको एक कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताए ।

ओलीले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टीको संज्ञा दिँदै भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, ओलीले भने, 'एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’

यस्तै, कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरे । आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077