Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अझै ११ वर्ष सक्रिय राजनीति गर्ने बिजयकुमार गच्छादारको घोषणा

    अझै ११ वर्ष सक्रिय राजनीति गर्ने बिजयकुमार गच्छादारको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.4K
    SHARES

    विराटनगर। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे ।



    उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राख्दै भने, ‘म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु।’



    उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे । उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए।  जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार रहेको प्रष्ट पारे। -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार