Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुई भोटले हारेका गच्छदारले दिए पुनः मतगणना माग गर्दै निवेदन

    दुई भोटले हारेका गच्छदारले दिए पुनः मतगणना माग गर्दै निवेदन

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित भएका विजयकुमार गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका छन् ।

    सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछि पार्दै शेखर कोइराला प्यानलका धनराज गुरुङले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।



    निर्वाचन समितिले गच्छदारले निवेदन दिएको बताएको छ । ‘मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छु निर्वाचन समितिका एक सदस्यले भने ।



    गुरुङले १९०८ मत ल्याएका थिए भने गच्छादारले १९०६ मत ल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार