Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ललिता निवास प्रकरणमा झुट्टा मुद्दा लगाइएको गच्छदारको दावी

    ललिता निवास प्रकरणमा झुट्टा मुद्दा लगाइएको गच्छदारको दावी

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

    ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि लामो समय गुमनाम बसेका नेता गच्छदारले बुधबार पत्रकार सम्मेलन गर्दै सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए ।



    गच्छदारले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको र अख्तियारले पनि छानीछानी मुद्दा चलाउने काम गरेको आरोप लगाए । ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ’ उनले भने ।



    आयोजित पत्रकार सम्मेलमा गच्छदारले आफ्नो राजनीतिक भविष्य समाप्त पार्ने षड्यन्त्र भएको भन्दै  आफूलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भइरहेको बताए।

    ‘मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ,’ उनले भने,’लोकतन्त्रवादी नागरिकका रूपमा स्वतन्त्र न्यायालयप्रतिको मेरो विश्वास टुटेको छैन।’

    नेता गच्छादारलाई उक्त मुद्धामा विशेष अदालतले ३० असारमा १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार