Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौँमा प्रहरीलाई छक्याउँदै फरार भएका थुनुवा पोखराबाट पक्राउ

काठमाडौँ । अदालत लैजादै गर्दा महानगरीय प्रहरी बृत्त जनसेवालाई छक्याउँदै फरार भएका थुनुवा पक्राउ परेका छन् ।

गत साउन २९ गते जबरजस्ती करणीसम्बन्धी मुद्दामा म्याद थपका लागि अदालत लैजादै गर्ने क्रममा फरार भएका निर्मल परियारलाई आज प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की अनुसार पोखरा मझेरीपाटन बस्ने २४ बर्षीय परियारलाई बिहीबार पोखराको गगनगौंडाबाट पक्राउ गरिएको हो।

पक्राउ परेका परियारलाई आवश्यक थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त जनसेवामा पठाइएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077