Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोनाल्डोबिनाको युभेन्टस र मेसीबिनाको बार्सिलोनाको कस्तो छ अवस्था ?

एजेन्सी – वर्तमान फुटबलका दुई सुपरस्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस सिजन नयाँ क्लबाट फुटबल खेलिरहेका छन्। बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन गएका मेसी र युभेन्टसबाट म्यानचेस्टर युनाइटेड गएका रोनाल्डो दुबैले क्लका लागि खेल खेल्थ थालिसकेका छन्।

मेसीले नयाँ क्लका लागि गोलको खाता खोल्न नसक्दा रोनाल्डोले भने क्लबका लागि सानदार प्रदर्शन खेल गरिरहेका छन्। यसो त खेलमा गाेल संख्या मात्रै हेरिनु नहुने तर्क पनि गरिन्छ। खैर, यी दुई खेलाडीको खेल हेरेर रमाउनेहरुको जमात राम्रै छ।

यहाँ हामी मेसीबिनाको बार्सिलोना र रोनाल्डोबिनाको युभेन्टसको बारेमा कुरा गर्दैछौं। बार्सिलोनाले आफ्ना सर्वोत्कृष्ट खेलाडी गुमाएपनि जेनतेन मध्यम प्रदर्शन गरिरहेको छ। तर सुपस्टार रोनाल्डोले छाडेको युभेन्टसको अवस्था नाजुक नै छ।

बार्सिलोनाले घरेलु लिग ला लिगामा हालसम्म ४ खेल खेलेको छ। तीमध्ये २ खेलमा विजयी भएको बार्सिलोनाले २ खेल बराबरी गरेको छ। लिगको पहिलो खेलमा रियल सोसिडाडलाई हराएको बार्सिलोनाले अर्को खेलमा एथ्लेटिक क्लबसँग बराबरी गरेको थियो। त्यस्तै, गेटाफेलाई पराजित गरेको उसले ग्रानडासँग बराबरी खेलेको थियो। हाल बार्सिलोना ८ अंकका साथ लिगको ८ औं स्थानमा छ।

च्याम्पियन्स लिगको समूह चरणमा एक खेल खेलेको बार्सिलोनाले हार बेहोरेको छ। बार्सिलोना घरेलु मैदानमै बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको थियो।

अब कुरा गरौं युभेन्टसको। युभेनटसले घरेलु लिग सिरी ए मा ५ खेल खेलेको छ। तीमध्ये उसले एक खेलमा जित निकालेको छ। युभेन्टसले २ खेलमा बराबरी गरेको छ भने २ खेलमा हार बेहोरेको छ।

लिगको आफ्नो पहिलो खेलमा युडिनिससँग बराबरी खेलेको बार्सिलोनाले दोस्रो खेलमा इम्पोलीसँग हार बेहोरेको थियो। अर्को खेलमा नापोलीसँग हारेर एसी मिलानसँगको खेलमा बराबरी गरेको थियो। लिगको आफ्नो पाँचौं खेलमा स्पेजियालई हराएको छ। हाल युभेन्टस ५ खेलबाट ५ अंक जोड्दै लिगको १३ औं स्थानमा रहेको छ।

च्याम्पियन्स लिगको समूह चरणको खेलमा भने युभेन्टसले जित निकालेको छ। उसले मालमोलाई ३–० गोलले पराजित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077