Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जनताले दोषी माने फाँसीमा झुण्डिन तयार छु : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सँधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै जनताले दोषी मानेमा फाँसी झुण्डिन तयार रहेको बताएका छन्। उनले मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदि कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषदमाथि गर्नुपर्ने तर्क गरे।

उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे। “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने। उपसभापति गच्छदारले न्यायालयले न्याय दिने विश्वास व्यक्त गर्दै आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए।

जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077