Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ट्रकमा लोड गरिएको १ सय ७५ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो।

गाँजासहित पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका– ९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने २४ वर्षीय प्रशान्त कार्की रहेका छन्। ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077