Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकामा मुख्य समाचार बनेको युवती बेपत्ता प्रकरण : ब्वाईफ्रेण्डसँग घुम्न गएकी ग्याबीको भेटियो शव

एजेन्सी । अमेरिकामा ब्याईफ्रेण्डसँग घुम्न गएकी २२ वर्षीया युवती बेपत्ता भएको खबरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ। केही दिनदेखि बेपत्ता भएकी ग्याबी पेटिटो नाम गरेकी युवतीबारे त्यहाँको प्रहरीले नयाँ खुलासा गरेको छ।

प्रहरीका अनुसार ग्याबीको शव व्योमिङ नेशनल पार्कमा भेटिएको छ। उनी आफ्ना प्रेमी ब्रायन लान्ड्रीसँग ट्रिपमा गएका बेला बेपत्ता भएकी थिइन्। उनी सम्कर्प मा नआएपछि अमेरिकामा यो मुख्य समाचार बनेको थियो।

हप्तादिनको खोजीपछि उनको शव भेटिएको हो। उनको हत्या प्रेमी ब्रयानले गरेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ।

सिएनएनको रिपोर्टअनुसार ग्याबीको मृत्यु कसरी भयो भनेर प्रहरीले अध्ययन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सकने आशंका गरिएको छ। उनका प्रेमी ब्रायनले आफू निर्दोष भएको बताएका छन्।

ग्याबीको परिवारले ११ सेप्टेम्बरमा उनी हराएको भन्दै खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। उनको शव खराब स्थितिमा भेटिएको बताइएको छ। हत्या भएको निकै दिन भएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077