Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिशुलीमा कार खस्यो : चालकसहित ३ जना बेपत्ता, एकको उद्धार

चितवन — पृथ्वी राजमार्गको मुग्लिननजिक त्रिशुली नदीमा कार खसेको छ। सो दुर्घटनामा कारका चालकसहित ३ जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो। कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेका छन्।

कारमा रहेका एक जनाको भने उद्धार गरिएको छ। कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको उद्धार भएको हो। हाल उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077